युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा सुरक्षा प्रमुख बर्खास्त « Khabarhub

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा सुरक्षा प्रमुख बर्खास्त


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् ।

खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका थिए । ती सुरक्षा प्रमुखले पूर्णस्तरको युद्ध भएको पहिलो दिनदेखि शहरको रक्षा गर्न काम नगरेको तर आफ्नो बारेमा मात्र सोचेको आरोप जेलेन्स्कीले आरोप लगाएका छन् ।

अन्य सुरक्षा अधिकारीले धेरै प्रभावकारी रूपमा काम गरेको तर बर्खास्त गरिएका सुरक्षा प्रमुखले केही नगरेको उनको भनाइ थियो ।

राष्ट्रपतिले ती अधिकारीको नाम नखुलाए पनि युक्रेनी सञ्चार माध्यमले उनी खार्किभ क्षेत्रको एसबीयू सुरक्षा सेवाका प्रमुख रोमन दुदिन भएको जनाएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ६ : २७ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन