पुरुषलाई यसकारण बढी टोक्छ लामखुट्टे  « Khabarhub

पुरुषलाई यसकारण बढी टोक्छ लामखुट्टे 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् ।

‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठूला शरिर भएका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन्’, अध्ययनमा भनिएको छ । पहिले यो विश्वास थियो कि लामखुट्टे पुरुषभन्दा महिलाप्रति बढी आकर्षित हुन्छन् ।

सन् २००० मा ल्यान्सेटले गरेको अध्ययनमा अन्य महिलाले भन्दा गर्भवती महिलाहरूले लामखुट्टेलाई बढी आकर्षित गर्ने निस्कर्ष निकालिएको थियो ।

गर्भवती महिलाहरूले श्वसमार्फत अधिक मात्रामा कार्बन डाइअक्साइड फाल्ने र शरीरको ताप उच्च हुँदा उनीहरूलाई लामखुट्टेले सजिलै पत्ता लगाउने अध्ययनमा उल्लेख थियो ।

न्यूयोर्कको एलर्जी एण्ड अस्थमा केयरका डा. क्लिफर्ड डब्ल्यु बससेटका अनुसार कार्बन डाइअक्साइडका अतिरिक्त ल्याक्टिक एसिड पनि लामखुट्टेलाई बलियो आकर्षण गर्ने तत्व हो । त्यसैले मानिसलाई बाहिर निस्कँदा र पसिना आउँदा लामखुट्टेले बढी टोक्छ ।

रोचक पक्ष के छ भने पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनभने तिनीहरूले मानव शरीरको रगतबाट प्रोटिन निकाल्छन्, जसले तिनीहरूको अण्डा बढाउन मद्दत गर्दछ ।

अध्ययन एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित छ ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ०८ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन