छिटो पसल खोल्ने वातावरण मिलाउन रत्नपार्कका व्यवसायीकाे माग « Khabarhub

छिटो पसल खोल्ने वातावरण मिलाउन रत्नपार्कका व्यवसायीकाे माग


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूले व्यवसाय गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको भन्दै उनीहरुले छिटोभन्दा छिटो पसल खोल्न पाउनुपर्ने माग गरेका हुन् ।

कार्त्तिकदेखि महानगरका नगर प्रहरीले व्यवसाय बन्द गराई सामान नियन्त्रणमा लिएको उनीहरूको आरोप छ । चैत २०७८ मा नगरप्रहरीले व्यवसायीहरूको सटरमा ताला लगाए भने जेठमा प्रमुख गेट समेतमा ताला लगाइदिएका छन् ।

व्यवसायी रमेश चौलागाईँका अनुसार पहिलो ठेक्का महानगरले कञ्चन ट्रेडिङलाई सञ्चालन गर्ने दिएको थियो । सम्झौता सकेको दिन महानगरका कर्मचारी आएर भाडा महानगरको खातामा हाल्न लगाइ पसल निरन्तर सञ्चालन गर्न दिएको उनले बताए ।

उनले भने, ‘हामीहरूको लाखौँ मूल्य बराबरको सामान महानगरले नियन्त्रणमा लिएर राखेको छ । हामी मर्कामा परेका छौं । हामीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । महानगरको भाडा कति हो हामी तिर्न तयार छौं ।’

अर्का व्यापारी विना श्रेष्ठ भन्छिन्, मैले किराना पसल सञ्चालन गरेकी थिएँ । सामान सबै कुहिसक्यो होला । महानगरले कम्तीमा भाडा समायोजन गरेर पसल खोल्न दिनुपर्ने हो । तर, व्यवसायीको दुःख कसले बुझ्ने ?’

महानगरपालिकाले रत्नपार्क, खुलामञ्चको दक्षिणतर्फ रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडि रहेको शौचालयसहितका तीनवटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुईजना ठेकदारहरुलाई सञ्चालन गर्न सम्झौता गरेको थियो ।

खुलामञ्चको दक्षिणतर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडिको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै १ साउनमा काठमाडौं महानगरपालिकाले भत्काइसकेको छ ।

रत्नपार्कतर्फको सहरी सेवा केन्द्रको सम्झौता भने ५ असोजमा सकिए पनि महानगरको बेवास्ताले ठेकेदार माधवप्रसाद काफ्लले व्यवसायीहरूसँग कात्तिकसम्मको भाडा असुलेको पाइएको छ ।

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : ४० बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना