‘सिल्ली फो’ सँग केकीको ठुम्का (भिडियो)  « Khabarhub

‘सिल्ली फो’ सँग केकीको ठुम्का (भिडियो) 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ को ‘ए दिल तँ बोल बोल’ रहेको गीत सार्वजनिक गरिएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेकै स्वर छ । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायतको नृत्य देख्न सकिन्छ । 

३१ असारबाट प्रदर्शनमा आउँने फिल्ममा केकी, धिरेन शाक्य, रविन्द्रको अलावा राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमान विश्वकर्माको अभिनय छ ।

मनोज डिके निर्माता रहेको फिल्मका विशाल श्रेष्ठ सह–निर्माता हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ । फिल्मको वितरक श्रीराम बालाजी फिल्मस्ले गर्दैछ । 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ४८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको