झापा फुटबल क्लब बी डिभिजनमा बढुवा « Khabarhub

झापा फुटबल क्लब बी डिभिजनमा बढुवा


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा जारी शहीद स्मारक सी डिभिजन लिगमा दशौँ जित निकाल्दै झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएकोे छ ।

सोमबार दिउँसो भएको खेलमा झापाले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेर बी डिभिजनमा बढुवा भएको हो ।

झापाको जितमा पुजन राईले ४ र सन्तोष लावतीले १ गोल गरे । पुजनले खेलको १३ औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । पुजनले व्यक्तिगत तथा झापाको लागि खेलको ६६ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको ७४ औँ मिनेटमा पुजनले झापाको लागि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । खेलको इन्जुरी समयमा सन्तोषले झापाको लागि चौथो गोल गरे ।

त्यसपश्चात झापाको लागि पाँचौँ गोल गर्दै पुजनले व्यक्तिगत चौथो गोल गरे । झापाका पुजन राई म्यान अफ द म्याच घोषित भए ।

१२ खेलमा १० मा जित निकालेको झापा ३१ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । झापाले आजको खेल जितेसँगै एक खेल अगावै नै बी डिभिजनमा बढुवा भएको हो । झापाले आफ्नो अन्तिम खेल स्वयम्भू क्लबसँग खेल्नेछ ।

प्लानिङ ब्वाईज यूनाईटेड र आरसी ३२ फुटबल एकेडेमी भने २८ अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । अब अन्तिम खेलमा झापा पराजित भए वा आरसी ३२ ले आफ्नो खेल जिते पनि झापा शीर्ष स्थानमा नै रहनेछ ।

झापाले १२ खेलमध्ये १० मा जित, १ मा पराजित भएको र १ बराबरी खेलेको हो । यता, वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेको छ । ओएसिस क्लब भने महावीर क्लबसँग पराजित भएलगत्तै रेलिगेट भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : १४ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि