कम्युनिस्टले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा « Khabarhub

कम्युनिस्टले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’

अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,ु उनले भने, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौं भने राजनीतिक दल समस्यामा पर्नेछ ।’ जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उनको जोड रहेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन गरिएको बताएका छन् । उनले गठबन्धनका कारण केही नेतालाई अप्ठ्यारो परेको समेत बताएका हुन् ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले गठबन्धनले तयार गरेको घोषणापत्र, मार्गनिर्देशन र सपना पूरा गर्न अहम् भूमिका खेलिने बताएकी छिन् । उनले निर्वाचनका उपविजेतालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘फूलको माला उने झैँ सबैलाई समेटिनेछ,’ उनले भनिन्, ‘समृद्ध हेटौंडा बनाउन दृढताका साथ लाग्नेछौं ।’

नेपाली कांग्रेसकी केन्द्रीय महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले केपी ओलीको सर्वसत्तावाद ढल्ने क्रममा रहेको बताएकी छिन् । उनले गठबन्धनको जितलाई जनताको जितमा परिणत गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ६ : १४ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका