कम्युनिस्टले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा « Khabarhub

कम्युनिस्टले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’

अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,ु उनले भने, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौं भने राजनीतिक दल समस्यामा पर्नेछ ।’ जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उनको जोड रहेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन गरिएको बताएका छन् । उनले गठबन्धनका कारण केही नेतालाई अप्ठ्यारो परेको समेत बताएका हुन् ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले गठबन्धनले तयार गरेको घोषणापत्र, मार्गनिर्देशन र सपना पूरा गर्न अहम् भूमिका खेलिने बताएकी छिन् । उनले निर्वाचनका उपविजेतालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘फूलको माला उने झैँ सबैलाई समेटिनेछ,’ उनले भनिन्, ‘समृद्ध हेटौंडा बनाउन दृढताका साथ लाग्नेछौं ।’

नेपाली कांग्रेसकी केन्द्रीय महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले केपी ओलीको सर्वसत्तावाद ढल्ने क्रममा रहेको बताएकी छिन् । उनले गठबन्धनको जितलाई जनताको जितमा परिणत गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ६ : १४ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही