थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि


१६ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ४११ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना रहेका छन् । २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७८ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएको ३२ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज १३ हजार ८२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म होम आइसोलेशनमा १०२ जना रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ६ : ३७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख