हजारका २० नक्कली नोटसहित दुई जना पक्राउ « Khabarhub

हजारका २० नक्कली नोटसहित दुई जना पक्राउ


१६ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् ।

उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई मेलाबाटै १ हजार दरको २० थान नोटसहित पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको