'हेल्लो वाइफ भन्दा रमाइलो लाग्छ' | Khabarhub Khabarhub

‘हेल्लो वाइफ भन्दा रमाइलो लाग्छ’



काठमाडौँ– गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत जेठ ३१ मा विवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । बिवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् । उनको मेहन्दीको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन् । विवाह पश्चात उनी गीतको तयारीमा समेत जुटिसकेकी छिन् । आउँदो बिहीबार गीत सार्वजनिक गर्ने तयारीमा रहेकी इन्दिराले खबरहबसँग आफ्नो प्रेम जीवनको बारेमा संक्षिप्‍त कुराकानी गरेकी छिन् । 

शरदसँग उनको भेट तीन वर्ष अगाडि मात्र भएको थियो । भारतको दिल्लीमा फेसनको अध्ययन गरेर नेपाल फर्किए लगत्तै इन्दिराको भेट शरदसँग भएको हो । ‘मलाई एक जना साथीले शरदसम्म पुर्‍याउनु भएको हो । मलाई ड्रेस चाहिरहने भएको र उहाँ दिल्ली फेसन इन्स्टिच्युटबाट अध्ययन गरेर फर्किएको फेसन डिजाइनर भएकाले साथीहरूकै सल्लाहमा भेट् भयो’ इन्दिराले भनिन् । विवाह भएको दुई साता बितिसक्दा पनि फरक अनुभव नगरेकी इन्दिरा यहाँसम्मको यात्रा तय हुनुमा शरदको सरलता देख्छिन् । पहिलो भेट भएपछि शरदसँग उनको सामिप्यता बढ्दै गयो । किनकी फेसन र ड्रेसका कुरामा उनीहरु भेट्ने त भए नै । भेट बाक्लिदै गएपछि खाजा, खान, कफी गफमा समेत समय बित्न थाल्यो ।

No description available.‘हाम्रो कमन फ्रेन्डकै कारण भेटघाट बाक्लियो । फेशन सम्बन्धी कुराकानी भएकाले पनि भेटघाट बढ्नु स्वाभाविक नै हो । एक अर्काको बानी मन परेकाले हामी नजिकिन थाल्यौँ । खाना वा खाजामा भेटघाट हुन् थाल्यो’ इन्दिराले भनिन् । उनले शरदको सरल व्यवहार र झुट नबोल्ने बानीकै कारण आफू नजिकिएको बताइन् । त्यसो त शरद र इन्दिराको संयुक्त साथीहरूले पनि जोडी सुहाएको प्रतिक्रिया दिइरहन्थे । उनीहरु शरद झैँ इन्दिरासँग पनि उत्तिकै नजिक थिए । ‘हामी रेस्टुराँमा पुग्दा सँगै पारिदिने । तिमीहरूको नेचर मिल्छ, अब जोडी मिलाऊ भन्दिने साथीहरू थिए । उनीहरूको जिस्काई र हाम्रो स्वभावले पनि हामी नजिक भएका हौँ’ इन्दिराले भनिन् । उनले आफ्नो र शरदको सम्बन्ध मित्रताले अगाडि बढाएको दिगो भएको बताइन् ।

किनकी उनीहरु मित्रता हुँदै प्रेममा प्रवेश गरे । त्यहीँ यात्रालाई विवाहमा परिणत गरिदिए । एक आपसमा घुलमिल भएपछि शरदले नाम्चेमा इन्दिरालाई औँठी लगाइदिएका थिए । तर, उनको योजना भने उच्च हिमाली भेगमा पुगेर प्रस्ताव गर्नु थियो । उनले इन्दिरासँग एभरेष्ट रन वे फेसन शोमा सहभागी हुने मौका छोपेका थिए । यद्यपि मौसमको कठिनाइले त्यो नाम्चे बजारमै भयो । ‘मौसम खराबीका कारण हामी माथि उड्न सकेनौँ । शरदले मलाई नभनेता पनि उसको हाउँभाउँले मैँले हिन्ट पाएकी थिएँ’ उनले भनिन् । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिँदा इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

उनले विवाह पश्चात् पनि त्यति धेरै फरक महसुस गरेकी छैनन् । किनकि प्रेम जीवनमै उनीहरू एक अर्कालाई सघाउँथें । एक अर्काको परिवारसँग परिचित थिए । यसले गर्दा पनि इन्दिरा शरदको परिवारसँग घुलमिल थिइन् । ‘म टोखा बस्थे, शरद नक्सालमा । मलाई फस्ट आवरमा काम हुँदा छिटै शरदको घरमा आउँथे । शोहरुमा जानु पर्दा पनि उसकै घरमा मेकअप आर्टिस्टलाई बोलाएर तयार भएर जान्थे । यसले गर्दा पनि विवाहपछि सामान्य नै छ’ इन्दिराले भनिन् । उनलाई शरदले श्रीमतीजी भन्दा भने केही अनौठो लाग्छ । ‘हेल्लो वाइफ भनेको सुन्दा रमाइलो लाग्छ । हामी अहिले पनि विवाह अगाडिकै समयमा छौँ जस्तो लाग्छ’ उनले भनिन् ।

शरदको शैली, व्यक्तित्वबाट प्रभावित बनेकी इन्दिरा नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेर आइटम गायिकाको रूपमा पार्श्व गायनमा नाम कमाएकी हुन् । यद्यपि इन्दिराले पछिल्लो समय आइटम गाउन छाडेकी छिन् । यद्यपि उनी फास्ट नम्बरको गीत मार्फत दर्शक सामु आउने तयारीमा छिन् । उनले ‘पछ्यौरी’ बोलको गीत दर्शकसामु ल्याउँदैछिन् । डान्सिङ नम्बर ‘पछ्यौरी’ उनले  सार्वजनिक गर्दैछिन् । उनी डान्सिङ गीत मार्फत नै केही समय दर्शक समक्ष पुग्ने तयारीमा छिन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ४१ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले