बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सरकारले जवाफ दिनपर्छ : नेम्वाङ « Khabarhub

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सरकारले जवाफ दिनपर्छ : नेम्वाङ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर परिवर्तन गर्दा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।

संसद् दिवसका अवसरमा बिहीबार संसद् भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको विषयमा प्रतिपक्षीले सदनमा आवाज उठाइरहेको भन्दै यस विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले एसपीपीका विषयमा पठाइएको पत्रका विषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने जिकिर गरे। सदनमा पत्र आइसकेपछि त्यसमा संलग्नका बारे स्पष्ट हुने र संसद्को भूमिका पनि प्रभावकारी हुने उनको भनाइ छ ।

उनले सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने धारणा राखे। नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले अहिले पनि उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खालि रहेको भन्दै यसको जिम्मेवारी सबै दलले लिनुपर्ने बताए।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ०९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार