बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सरकारले जवाफ दिनपर्छ : नेम्वाङ | Khabarhub Khabarhub

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सरकारले जवाफ दिनपर्छ : नेम्वाङ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर परिवर्तन गर्दा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।

संसद् दिवसका अवसरमा बिहीबार संसद् भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको विषयमा प्रतिपक्षीले सदनमा आवाज उठाइरहेको भन्दै यस विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले एसपीपीका विषयमा पठाइएको पत्रका विषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने जिकिर गरे। सदनमा पत्र आइसकेपछि त्यसमा संलग्नका बारे स्पष्ट हुने र संसद्को भूमिका पनि प्रभावकारी हुने उनको भनाइ छ ।

उनले सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने धारणा राखे। नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले अहिले पनि उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खालि रहेको भन्दै यसको जिम्मेवारी सबै दलले लिनुपर्ने बताए।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ०९ बजे

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।