सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अङ्कले वृद्धि  « Khabarhub

सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अङ्कले वृद्धि 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । बुधबारको पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा समेत सुधार देखिएको छ । शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ५२ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त