७७ वटै जिल्लामा ग्लोबल आइएमई बैंककाे शाखा विस्तार « Khabarhub

७७ वटै जिल्लामा ग्लोबल आइएमई बैंककाे शाखा विस्तार


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दूनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ५ : ३७ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको