गायनसँगै अभिनयमा प्रविशा « Khabarhub

गायनसँगै अभिनयमा प्रविशा


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका प्रविशा अधिकारी दशक अगाडि ‘बिदाइ’ फिल्मको गीतबाट पाश्र्वगायनमा प्रवेश गरेकी थिइन् । फिल्म ‘कसलाई दिऊँ यो जोवन’ मा समावेश गीत ‘तिमी जहाँ छौ’ बोलको गीत गाएर बढी चर्चामा आएकी थिइन् । ‘मायाले बाँध्यो यसरी’, ‘फूल हैन’, ‘जिन्दगी नै भन्दिनँ’ आदि उनका लोकप्रिय गीत हुन् ।

दुई पुस्ताका लागि गीत गाउने भाग्यमानी गायिका मानिन्छन्, प्रविशा । उनले रेखा थापा, झरना थापादेखि  नयाँ पुस्ताकी एक्ट्रेस सुहाना थापाका लागि पनि गाएकी छिन । अर्थशास्त्रमा स्नातक प्रविशाले दुई सयभन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् । गायिका प्रविशा पछिल्लो समय व्यस्त गायिकामा पर्छिन् । फिल्मको पार्श्व गायनदेखि आधुनिक गीतहरूमा पनि प्रविशालाई आवाज भर्न भ्याई/नभ्याई नै छ ।

धेरै फिल्मकर्मी, गीतकार तथा संगीतकारको रोजाइ परिरहेकी छिन्, प्रविशा । प्रविशालाई गायिका बन्ने कुनै रहर थिएन । तर, जब उनले गीत गुनगुनाउँथिन् धेरैले उनको स्वरको तारिफ गर्थे । तर, गायिका नै बनेर करिअर बनाउँछु भन्ने सोच उनको थिएन । संगीतयात्रा अहिले जस्तो सजिलो पनि थिएन, त्यो समय । मूलधारमा प्रवेश गर्न निकै संघर्ष गर्नुपर्थ्यो । कि चिनेको मान्छ चाहिन्थ्यो ।

तर, प्रविशाले त्यो दुःख देखिनन् । उनलाई मूलधारमा छिर्न पनि सजिलो बाटो बनाइदिए चिनजानका दाइ रमेश राउतले । पाथिभरा एफएममा कार्यरत रमेशसँग रेडियो जिंगल गाउदा प्रविशाको भेट भएको थियो । उनै रमेशले प्रविशालाई गायक प्रमोद खरेलसम्म पुर्‍याइदिए । ०६४ सालको कुरा, प्रविशाले प्रमोदलाई भेटिन् । उनले प्रमोदलाई केही गीतका हरफहरु सुनाइन् । प्रमोदले प्रविशाको स्वर रुचाए। अनि उनले ‘बिदाई’ को फिमेल स्वर भरिन्। 

प्रविशालाई फिल्मकर्मीले पर्दामै देखिन् अफर पनि गरे । यद्यपि उनले स्विकारिनन् । तर, पछिल्लो समय भिडियोमा उनको उपस्थिति बलियो नै पाइन्छ । यसबाट पनि उनीमा अभिनयको रहर जागेको प्रष्ट हुन्छ । आफ्नो गीतको भिडियोमा देखिने प्रविशालाई पहिलेदेखि गाइरहेका मेलोडियस, सेमी क्लासिकल तथा फिल्मका गीतहरू गाउन कम्फर्ट लाग्छ। यी विधामा एक्पेरियन्स धेरै भएकाले गर्दा पनि होला। आफ्नो स्वरसँगै सुन्दरताले समेत दर्शकलाई आकर्षित गरिरहेकी प्रविशाले गत वर्ष पेशाले इन्जिनियर रहेका अमेरिका निवासी निर्माण सिटौलासँग लगनगाँठो कसेकी हुन् ।

 

 

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : ३१ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६