वर्षाले महोत्तरी, धनुषा र सर्लाहीका किसानलाई राहत « Khabarhub

वर्षाले महोत्तरी, धनुषा र सर्लाहीका किसानलाई राहत


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो ।

धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने वर्षाले मर्नबाट बचाएको महोत्तरीका किसानको भनाइ छ । पछिल्लो वर्षाले उखु, पहेँलिँदै गरेको तरकारी र फलफूलका यसैपालि रोपिएका बिरुवालाई राहत दिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए।

महोत्तरीमा यसपालि असार मध्ययता राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन सकेको छैन। जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ।

जिल्लामा हालसम्म ५० प्रतिशतभन्दा केही बढीमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले जनाएको छ। अब पनि राम्रो वर्षा भए खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि उखेलेर फेरि रोप्ने कार्य) रोप साउनभरि गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउँछन् । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीकै भरमा हुन्छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ५५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४