लमजुङका किसानलाई कोदो रोप्ने चटारो « Khabarhub

लमजुङका किसानलाई कोदो रोप्ने चटारो


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा कोदो रोप्न सुरु भएको छ ।  रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर  नै किसानले कोदो रोप्न थालेका छन् ।

जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपी सकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले किसानले कोदो रोप्ने समय पाएका छन् ।

यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् । मर्स्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी दिलमाया तामाङ पनि केही दिनदेखि कोदो रोप्न बारीमा व्यस्त  छन् । ‘धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुने बेला पनि चासो बारीमै हुने गरेको छ’, उनले भनिन्।

हरेक वर्ष करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बेँसीसहर नगरपालिका-२ चिसोपानीका हिरासिंह गुरुङले बताए।

जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ। जिल्लामा सात हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब ६ हजार १ सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : १४ बजे

भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार

चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक