काठमाडौं– घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । यस्तै, समूह एु मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।
२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ । साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।
प्रतिक्रिया