ट्राफिक प्रहरी कार्यालय बैतडीद्वारा २१ लाख राजस्व संकलन  | Khabarhub Khabarhub

ट्राफिक प्रहरी कार्यालय बैतडीद्वारा २१ लाख राजस्व संकलन 


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – सवारी दुर्घटनामा परेर बैतडीमा एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जिप, तीन मोटरसाइकल, दुई ट्रयाक्टर, एक बस, एक टिप्पर र एक मिनिट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, पाँच महिला र चार बालकको ज्यान गएको हो ।  

यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन् । ट्राफिक नियमको पालना नहुनु, कच्ची सडक लगायतका कारणले सवारी दुर्घटना हुने गरेको जनाइएको छ । यसैबीच गएको एक वर्षमा ट्राफिक प्रहरीले बैतडीमा तीन हजार आठ सयभन्दा बढी सवारी साधनहरूलाई कारबाही गरेको छ । गत आव २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार आठ सय २६ सवारी साधनलाई कारबाही गरिएको हो  ।

ट्राफिक नियम उल्लङ्घन  गर्ने चार सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, दुई हजार ९३ जीप, कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामसिंह भण्डारीले बताए । 

यस्तै तीन सय दुई ट्याक्टर, सात सय ७२ मोटरसाइकल र एक सय ४० अन्य सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लङ्घन गर्ने सवारी साधन  कारबाहीमा परेका बताइएको छ । सवारीसाधन कारबाहीबाट २१ लाख १८ हजार राजस्व संकलन भएको  छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : ०३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ ।

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन

एमालेको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनु हुँदैन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय