प्रि-सिजन टुर : सेभियाविरुद्धको खेलमा आर्सनलको फराकिलो जित « Khabarhub

प्रि-सिजन टुर : सेभियाविरुद्धको खेलमा आर्सनलको फराकिलो जित


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले सेभियाविरुद्ध फराकिलो जित हात पारेको छ ।

इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनलले स्पेनिस क्लब सेभियालाई ६–० गोल अन्तरले हराएको हो।

आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरे । बुकायो साका र एड्डी एनकेटिह नाममा एक एक गोल रह्यो ।

खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।खेलको १३ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

१५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।खेलको १९ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा जिससले ह्याट्रिक पूरा गर्दा आर्सनल ५-० ले अघि रह्यो ।  खेलको ८८ औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई ६- ० को जित दिलाए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : ०८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा