कर्मचारीहरुले दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : ईश्वर पोखरेल | Khabarhub Khabarhub

कर्मचारीहरुले दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : ईश्वर पोखरेल


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको ‘१० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’मा पोखरेलले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक कार्यकर्ताको समेत जिम्मेवारीलाई नभुल्न आग्रह गरे ।

उनले भने , ‘तपाईँहरू एमाले पार्टीको कार्यकर्तासमेत रहँदा कर्मचारीको जिम्मेवारीलाई पनि नबिर्सिनुहोस् । एक व्यक्तिले दोहोरो भूमिका निर्वाह गर्दा धेरै कुराको ज्ञान आर्जन गर्न सक्छ ।’

सो दोहोरो भूमिकामा रहेर कर्मचारीले हाल सार्वजनिक संस्थामा देखिएको भनिने सङ्कट हटाउन जरुरी रहेको उनको भनाइ छ ।

कर्मचारीले पार्टीका साथै आफ्ना काममा समेत मध्यनजर गर्दा सङ्गठन मर्नबाट जोगिने वरिष्ठ उपाध्यक्षको ठहर छ । विसं २०७२ को महाभूकम्पमा ध्वस्त भएका २७ हजार मानिसका घर–टहरा बनाउने पार्टी एमाले रहेको दाबी गर्दै यस पार्टी विचारका आधारमा अघि बढ्ने भएकाले अझै शक्ति निर्माण गर्न चाहने धारणा व्यक्त गरे ।

सङ्गठनका सचिव रामशरण अधिकारीले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आफूहरूले सो संस्था गठन गरेको भनाइ राखे ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : १८ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको