जनतालाई केन्द्रमा राखेर काम गनुपर्छ : उपसभापति खड्का | Khabarhub Khabarhub

जनतालाई केन्द्रमा राखेर काम गनुपर्छ : उपसभापति खड्का


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए ।

नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दरिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उनले आग्रह गरे । राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उनले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताए ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : ३८ बजे

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार : प्लेअफबाट बाहिरिएको पञ्जाब ५ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ