अमेरिकाको केन्टकी प्रान्तमा बाढी, २५ जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकाको केन्टकी प्रान्तमा बाढी, २५ जनाको मृत्यु


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताएका छन् । ठूलो बर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ ।

घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : १९ बजे

श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौं – श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ । न्यूनतम

भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भूमिसम्बन्धी केही नेपाल

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ

उत्तर कोरियाले पाँच हजार टनको विध्वंसक युद्धपोत बनाउने

सोल- उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको