भड्किलो बन्दै हरितालिका तीज « Khabarhub

भड्किलो बन्दै हरितालिका तीज



नेपाली हिन्दू महिलाको ठूलो पर्व हो तीज। शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन बढेको छ। हाम्रो हिन्दू वैदिक परम्परा अनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ।

व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ। तीज भनेको धार्मिक परम्परासँग जोडिएको पर्व हो। तर तीजमा खाइने दरको सम्बन्ध धर्मसँग नभएको विज्ञहरुले बताएका छन्।

अघिल्लो दिन आडिलो खानेकुरा खाँदा व्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो। गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ। भोकै दिनभरी काम गर्न सकिदैन, काम गर्न बल पनि चाहिन्छ त्यसका लागि अघिल्लो दिन नै दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ। व्रत बस्दा शरीरलाई कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध रहेको छ।

दर खाने शैलीदेखि तीजका गीतमा पनि विकृति
हिजोआज शहरी क्षेत्रमा तीज आउनुभन्दा धेरै अगाडिदेखि दरको नाममा होटल र पार्टी प्यालेसहरूमा रेडिमेट खानेकुरा खाने प्रचलन बढेको छ। तीज पनि अहिले प्रायजसो होटल तथा पार्टी प्यालेसमै हुने गरेको छ।

पहिले–पहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो। गीतहरुमा पनि आमाको दरको महिमा गरिन्थो तर, अहिले व्यापारिक दर भएको छ। होटल, पार्टी प्यालेसका साहुहरुले दर पकाउँछन्, प्लेटको हिसाबमा हुन्छ, जुन स्वस्थकर छैन। जसमा प्रेम हुँदैन अनि नेपाली मौलिक परिकार पनि पाइदैन। पहिलेका तीज गीतहरुमा महिलाहरुले घरमा भोगेका पीडा, आफ्नो इच्छाहरुलाई तीज गीतको भाकामा साथीहरुसँग व्यक्त गर्ने र धार्मिक भावना भएका गीतहरु गाउने चलन थियो।

सस्तो लोकप्रियताको कारण हिजोआज उत्ताउलो पाराले तीज गीत गाउने चलन बढेको अनुभव छ, काठमाडौ सितपाइला बस्ने ६५ बर्षीया पविज्ञा कार्कीको। उनी भन्छिन्, ‘हाम्रा पालामा त एकदिन भरि लगाएर माईत जान्थ्यौ गाउँभरीका दिदिबहिनी भेट भएर रात भरी आफ्नै वेदनाका गित गाउँथ्यौं, पीरआधा हराएको भान हुन्थ्यो, अहिले त के हो केहो यस्तो छाडा गित मात्रै,’ उनी अगाडि थप्छिन्, ‘एक हप्ता पहिला नै बाबा लिन आउनुहुन्थ्यो एक हप्तालाई पुग्ने गरी दाउरा र घाँसको जोहो गरेर बल्ल बल्ल बिदा पाइन्थ्यो। माईत जान एक दिन पुरै हिड्नु पथ्र्याे र पनि माइती घर पुग्दा सबै संसार जितेको अनुभव हुन्थ्यो। अहिले त खै तीन आको हो कि के हो कही अनुभव नै हुन्न यो शहरमा।’

साँच्चिकै स्वतन्त्रताको नाममा उछृङ्खलता बढेको अनुभव पक्कै पनि अघिल्लो पुस्ताले गरेकै छ। यस्तै अनुभव छ, ललितपुर भैँसेपाटी बस्ने गीता मैनालीको। कहाँमा जान्छौँ रानीचरी बगाल भगवानलाई भेटन नि बरिलै भगवानलाई भेटन भगवानलाई भेटन के–के सर्धम चाहिन्छ ? यति समाचार ल्याइदेऊ बरिलै, भगवानलाई भेटन एकमा चाहिन्छ श्रीखण्ड चन्दन दोसरी बोलपत्र हिजोआज पनि धेरै राम्रा गीतहरु बनेका छन्। तर, पहिलाजस्तो तीजमा नै गाउने निश्चित भाकाहरुमा गीत गाइँदैन, सबै गीत भड्किला शैलीका गाउने चलन बढेको छ। त्यसैले तीज गीतको संस्कृति बोक्ने खालका गीतहरु हराउँदै गएको भान हुन्छ। आजकलका गीतले उनलाई छोएको छैन।

३५ वर्षीया कला लम्सालको अनुभव अलि फरक छ। उनी अनुभव सुनाउँछिन्, ‘कला र सस्कृतिको धनि देश नेपालमा म जन्मिएको गाउँमा पनि हरेक चाडपर्व विशेष तरिकाले मनाउने गरिन्थ्यो र आज पनि गरिन्छ। बालापनका चाडपर्व यसकारण बिशेष लाग्थे। चाडपर्व होस् या मेला जे सुकैमा होस् स्वतन्त्रताले खेल्न कुद्न पाइन्थ्यो। चाडपर्व त बालापनमै लाग्ने रैछ लाग्थ्यो पनि।’

उनका अनुसार तीज आउनु भन्दा केही समय पहिलेदेखि रेडियो नेपालमा तीजका गित बज्दथे। तिनै गीतका भाकामा नयाँ शब्दहरु बुनेर गीत गाउने अभ्यास चेलीबेटीले गर्थे। ‘रेडियो या ३ ब्याट्री लाग्ने टेपरेकडरमा तीज गीत बजाउँदै अबेर गरेर साझसम्ममा मामाहरु हाम्रा आमालाई लिन आउनुहुन्थ्यो। गाउँमा कसैको घरमा पनि टेलिभिजन थिएन। लाहुरेहरुका घरमा टेप रेकर्ड हुन्थे। ती सुन्नका लागि गाँउभरीका मानिसहरु जम्मा हुने गर्दथे।’

उनका अनुसार केही वटा मादलसहित गीत गुञ्जदा गाँउ नै हर्ष मनाइरहे झैँ लाग्दथ्यो। विशेष त आफूले कर्म घरमा पाएका दुःख पिडा वेदनाले भरिएका गीतहरु सुन्न पाइन्थ्यो र त्यस्तै गीत चेलीबेटीले सिर्जना गरेर गाउदै रमाइलो गर्थे।

तीजको धार्मिक साँस्कृतिक, सामाजिक तथा सांगीतिक महत्त्व पनि केही हदसम्म बझ्न सकिन्छ। धार्मिक ग्रन्थ अनुसार पार्वतीले भगवान शिवलाई औधी मन पराउने तर पार्वतीका बुवालाई भने शिव पटक्कै मन नपर्ने भएकाले उनको विवाह विष्णुसँग गरिदिने निर्णय गरे। सो कुराले पार्वतीको मनमा चोट प¥यो। अन्तत उनले बुवाको निर्णयविरुद्ध विद्रोह गरिन्। हरितालिका अर्थात् अपहरण गरिएकी महिला पार्वतीलाई साथीहरुले लुकाएर बुवाको घरबाट भगाएर जङ्गलमा राखे। पार्वतीले जंगलमै अन्न जल केही नखाइ निराहर व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख छ।

सांस्कृतिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व हो। सामाजिक रुपमा विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराई घरमा भएका अन्याय, अत्याचार तथा ज्यादतीलाई गीतमार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो। महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केही समयलाई भए पनि माइतीसँग समय बिताउने पर्वको रुप पनि हो।

करीब दुई दशक अघिका दिनहरु सम्झने हो भने यो पर्वमा क्षेत्री र ब्राह्मण समुदायका महिला मात्र व्रत बस्दथे। अहिले देशमा भएको आमुल परिवर्तनसँगै मानिसको चेतना स्तर बढ्यो। शिक्षाको स्तर देश विदेशको प्रभाव र विस्तारै आधुनिक युगमा ढल्कँदै गरेको समाजले अहिले कुनै जातजातिमा सीमित छैन यो पर्व।

पुराना तीज गीतहरुमा नारीकै दुःखका कथामा घुम्थे। बिस्तारै विदेशका पिडा समेटिन थाले। अहिले देशका विकृति पनि तीज गीतमा आउन थालेका छन्। पुराना लोक स्रष्टाहरुले गाउँमा उकाली ओराली घुमेर तीज गीतको सिर्जना गर्थे भने अहिलेका गीत कलंकी चोकमा बसेर युवतीका तिघ्रा हेरेर सिर्जना गरिएको आभास अहिलेका गीत हेर्दा नै हुन्छ।

गाँजा खाने शिव र पार्वतीको जोडीको पर्व पो हो त भन्दै गाँजाकै तालमा गीत सिर्जना गरिदिनाले मौलिकता र परम्परागत संस्कृति हराउँदै गएको छ। गीत संगीतले तीजलाई यसरी घेरेको छ कि, रत्यौली पनि तीज गीतमा अटाएको छ।

हरेक नेपाली नारीको मनका इच्छा आकांक्षा पूरा गरिदिने चाड हो तीज। महिलाहरुले पुरुषलाई र जन्मघरलाई गर्ने माया र सर्मपणको जिवन्त कथा हो तीज। अविवाहित नारीले मन परेको मायार्ला माग्ने अनि विवाहितले उसको पतिको लामो आयु होस् भनेर दिनभर पानि पनि नखाई व्रत बस्ने पर्वका रुपमा पनि तीजलाई लिइन्छ। यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन।

हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ। तीजको रमझममा पनि पश्चिमेली शैली मिसिँदै दर पाँचतारे होटलका खाना र बोत्तलमा सरेको छ। फलस्वरूप तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको छ। आफूलाई परिवर्तित गर्ने हामीले हाम्रो रीतिथिति बिर्सेने काम गर्नु हुँदैन। समयसँगै परिवर्तन भएका नारी तीजले हामीलाई कूरीतितर्फ लम्काएको छ।

यो कुरालाइ महसुस गर्न ढिलाइ भयो भने पक्कै पनि तीजको महत्त्व घट्दै जान्छ। धार्मिक मान्यताका साथै नारीलाई अगाडि बढाउन सहयोग गर्ने चाड तिजलाई हामी सबैले सभ्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ।

नारी भित्रका आवाजलाई बाहिर निकाल्न साहस दिलाउने यो चाडले नारीलाई अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ। त्यसैले तीजबाट राम्रा कुराहरु टिपेर आफूले आफ्नो जिम्मेवारी नबिर्सिकन अगाडि बढ्नुपर्छ। हामीले हाम्रो रीतिथितिलाई कायम राखाँै। संस्कृतिमा धनी नेपालमा कुनै आँच आउन नदिऔँ।

तीजलाई उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना नगरौँ। अनि, सकिन्छ भने पशुलाई पनि नखुवाइने खुट्टाको जल महिलाले खाने प्रचलनलाइ त्यागौँ। तीजको व्रत हिन्दू महिलाहरुका लागि मात्र नभई सिङ्गो मानवका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ। त्यसकारण सभ्य र सहज तीज मनाउँदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट बच्च आवश्यक छ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ०८ बजे

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण

सत्ता गठबन्धन बैठक : बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड सिध्याउने

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म

आगामी निर्वाचनमा ६ हजार मतदाता थपिए 

सप्तरी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ

सवारी दुर्घटना बढ्दै

दोधारा चाँदनी–  बिहीबार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा