तीज अभिव्यक्तिको महत्त्वपूर्ण अवसर हो : सभामुख सापकोटा « Khabarhub

तीज अभिव्यक्तिको महत्त्वपूर्ण अवसर हो : सभामुख सापकोटा


१४ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन्।

‘नेपाली महिलाले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ।

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ।

तीज नेपाली महिलाले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दुःख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत-संगीतका माध्यमबाट मनोरञ्जन लिने विषयलाई विज्ञानसँग जोडनु पर्ने उनको तर्क छ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ७ : ५७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको