तीज अभिव्यक्तिको महत्त्वपूर्ण अवसर हो : सभामुख सापकोटा « Khabarhub

तीज अभिव्यक्तिको महत्त्वपूर्ण अवसर हो : सभामुख सापकोटा


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन्।

‘नेपाली महिलाले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ।

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ।

तीज नेपाली महिलाले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दुःख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत-संगीतका माध्यमबाट मनोरञ्जन लिने विषयलाई विज्ञानसँग जोडनु पर्ने उनको तर्क छ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ५७ बजे

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०