यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह | Khabarhub Khabarhub

 यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ ।  सहमहामन्त्री यादवले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहेका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गरेका थिए । उनले यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने बारेमा छलफल गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

भेटमा गृहमन्त्री खाणले चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे सरकार सजग रहेको बताएका थिए । उनले मुख्य चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाट नै पहल गरिरहेको स्पष्ट पारे । भेटमा गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिति थियो । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : २४ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १