चिनियाँ कपडा उद्योग धराशायी बन्दै « Khabarhub

चिनियाँ कपडा उद्योग धराशायी बन्दै


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घरेलु बजारमा घट्दो माग, खस्किँदो निर्यात र अमेरिकी प्रतिबन्धका कारण केही समयअघिसम्म उदीयमान रहेको चीनको कपडा उद्योग अहिले भने समस्यामा परेको पाइएको छ ।

फाइनान्सियल पोस्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किँदै गएको छ । सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको जनाइएको छ ।

चीनलाई विश्वकै सबैभन्दा ठूलो कपडा उत्पादक मानिन्छ । यस उद्योगले चीनको कूल ग्राहस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको छ ।

यसअघि अमेरिकाले चिनियाँ कारखानाहरुले सिन्जियाङ प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक उइगुर मुसलमानहरुलाई जबरजस्ती श्रममा लगाएको भन्दै चीनबाट कपासको आयातमा प्रतिबन्ध लगाएको थियो । यसकारण सिन्जियाङमा ३० लाख टनभन्दा धेरै कपास बिक्री हुन नसकेको जनाइएको छ ।

चीनको कपडा उद्योग धराशायी भएसँगै यसको विकल्पमा रहेका अन्य एसियाली मुलुकमा भने कपडा उद्योग फस्टाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भारत, भियतनाम, बंगलादेशजस्ता मुलुकमा विदेशबाट कपडाको माग बढ्दै जान थालेको जनाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ४० बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९