पाकिस्तानमा सात वर्षे बालिकासँग विवाह गर्न दुई नाबालकलाई यातना दिने पक्राउ « Khabarhub

पाकिस्तानमा सात वर्षे बालिकासँग विवाह गर्न दुई नाबालकलाई यातना दिने पक्राउ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा सात वर्षे बालिकासँग विवाह गर्नका लागि दुई नाबालकलाई यातना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर सहरका प्रहरीले जनाएअनुसार यातना पाएकामध्ये एक बालकको ज्यान समेत गएको छ ।

घटनाका मुख्य अभियुक्त अबुल हसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सात वर्षे बालिकासँग विवाह गर्नका लागि भन्दै आफ्नो घरमा काम गर्ने दुई बालकलाई यातना दिएका थिए ।

प्रहरीले उनको साथबाट सात वर्षे बालिकालाई समेत नियन्त्रणमा लिएको छ । ती बालिका यातना पाउने बालकहरुको बाहिनी रहेको जनाइएको छ ।

प्रहरीका अनुसार यातना पाएका १० वर्षे बालकको मृत्यु भएको छ भने अर्का ६ वर्षे बालक घाइते छन् ।

अनुसन्धानकर्ताका अनुसार अभियुक्त अबुल हसनले आफू आध्यात्मिक गुरु रहेको बताउने गरेका थिए । ती बालबालिकाका बुवा पनि बेलाबेला उनको घरमा आउने गरेका थिए ।

पछि उनकै बुवाले आफ्नी सात वर्षे छोरीलाई विवाह गराउन राजी भएका थिए । प्रहरीले उनको स्थानबाट डोरीले बाँधिएको अवस्थामा बालबालिकालाई फेला पारेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : १९ बजे

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना