मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित « Khabarhub

मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४–३ को जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । तीन स्टार खेलाडी चम्किएपछि पिएसजीले तीन अंक प्राप्त गरेको हो ।

पिएसजीको गोलमा कार्लोस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे । मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए । एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए । ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन् ।

अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको ३० अंक छ । ट्रोयसक १३ अंक सहित ११औं स्थानमा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : २२ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको