खोटाङमा बाल शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सुरु  « Khabarhub

खोटाङमा बाल शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सुरु 


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ ।

च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर शनिबारदेखि अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला गोष्ठी सुरु गरिएको हो ।

बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउन कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

च्यास्मिटार माविमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा वडाभित्रका बाल विकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका २९ शिक्षक/शिक्षिकाको सहभागिता छ । कार्यशालाको पहिलो दिन अंग्रेजी लेटर्स र ध्वनिका बारेमा जानकारी दिइएको छ । कार्यशाला गोष्ठीमा सहभागी शिक्षकलाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले सहजीकरण गरिरहेकी छन् ।

काठमाडौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समूहले २०७८ कात्तिकमा च्यास्मिटारका पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकको शिक्षण कला विकासमा सघाउ पुर्‍याउन बाल मनोविज्ञानमा आधारित शिक्षणसम्बन्धी कार्यशाला गरेको थियो । समूहले २०७८ सालमा च्यास्मिटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने च्यास्मिटार माविका छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना