सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु « Khabarhub

सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका बताएका छन् ।

यसै वर्ष सोमालियाको राष्ट्रपति बनेका हसन शेख महमुदले घटनास्थलको भ्रमण गरेको बताइएको छ । उनले घाइतेको उपचार गर्नका लागि समेत सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

५ वर्षअघि पनि सोही क्षेत्रमा ट्रक बम विस्फोट हुँदा ५ सय जनाको मृत्यु भएको थियो ।

आक्रमणको जिम्मा आतंककारी संगठन अल कायदासँग आबद्ध सोमालियामा सक्रिय अल शबाब लडाकु समूहले लिएको छ । शिक्षा मन्त्रालय दुश्मनहरुको अखडा रहेको भन्दै सो स्थानमा आक्रमण गरिएको अल शबाबले जनाएको छ ।

गैर मुसलमान देशबाट आउने सहयोगमा इस्लामिक आस्थाबाट सोमाली बालबालिकालाई मन्त्रालयले टाढा बनाउँदै गएका कारण आक्रमण गरिएको अल शबाबको दाबी छ ।

अल शबाब लगायतका संगठनको हिंसात्मक अतिवादविरुद्ध थप पहलबारे छलफल गर्न सोमाली राष्ट्रपति, प्रधानमन्त्री र अन्य वरिष्ठ अधिकारीहरुले छलफल गरिरहेकै बेला अल शबाबले आक्रमण गरेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ४८ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान