पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध « Khabarhub

पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी सेनाले सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाले सेनाद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरुमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनाको यस कदमसँगै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई पश्तो भाषा बोलेको खण्डमा जरिवाना तिराइने समेत चेतावनी दिइएको छ ।

सेनाको यस कदमको पाकिस्तानका पत्रकार एवम् राजनीतिक अगुवाहरुले आलोचना गरेका छन् ।

पश्तुन तहफुज अभियानका प्रमुख मन्जुर पश्तीनले विज्ञप्ति प्रकाशित गर्दै सञ्चारमाध्यम, पाठ्यक्रम, न्याय र राजनीतिमा पश्तो भाषा यसअघि नै प्रतिबन्धित रहेको टिप्पणी गर्दै विद्यालयहरुमा पनि यस भाषाको प्रयोगलाई निरुत्साहित गरिएको बताए । यद्यपि आफ्नो मातृभाषामाथि कसैले प्रतिबन्ध लगाउन नसक्ने समेत उनले बताएको एएनआईले उल्लेख गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पेशावर सहरसहित नौशेरा, स्वात, मलाकन्द, बुनेर डेरा इस्माइल खाँलगायत क्षेत्रका बुद्धिजीवी, जातीय संगठनहरुले पाकिस्तानमा पश्तो भाषाको संरक्षण गर्न बेलाबेला विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज