टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित | Khabarhub Khabarhub

टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ रनको योगदान दिए ।एडिन मार्क्रमले ५२ तथा कप्तान टेम्बा बाभुमा १० रनमा आउट भए ।

भारतको बलिङमा अर्सदिपसिंहले दुई विकेट लिए । मोहमद शामी हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।

भारतका लागि सूर्यकुमार यादबले ६८ रनको अर्धशतकीय इनीङ खेले ।कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले १२ रन बनाए ।

दक्षिण अफ्रीकाका लुंगी एनजिडीले ४ विकेट लिए । वाएन प्रनिलले ३ विकेट लिए ।जितसँगै दक्षिण अफ्रीका समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ११ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न