प्रदर्शन गर्नेलाई दमन गर्ने चीनको नीति « Khabarhub

प्रदर्शन गर्नेलाई दमन गर्ने चीनको नीति


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहान्तमा चिनियाँ सहरहरूमा कोभिड नियमहरूविरुद्ध दुर्लभ विरोध प्रदर्शनपछि ‘शत्रु शक्ति’माथि दमन गर्न आह्वान गरेको छ।

कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा सुरक्षाकर्मीको भीड बढेको छ। चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ।

कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहान्तमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उनीहरूले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका थिए।

देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन्। चीनमा पछिल्ला दिनमा ठूलो संख्यामा कोभिड संक्रमित देखिएका छन्। पछिल्लो समयमा यहाँ दैनिक संक्रमितको संख्या ४० हजार नाघेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको