फुटबल संस्कृतिमा हुर्किएका ‘मिडफिल्डर’ | Khabarhub Khabarhub

फुटबल संस्कृतिमा हुर्किएका ‘मिडफिल्डर’


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पानीको भण्डार, घना जङ्गल र अमेजन नदी, दक्षिण अमेरिकी जीवनका पर्याय नै हुन्। मानव सभ्यताको उत्पत्ति र विकाससँगै भएका परिवर्तनले दक्षिण अमेरिकालाई पनि छाडेन। इतिहासको कुनै कालखण्डमा स्पेन र पोर्चुगलको उपनिवेश भएका यी देशमा अझै यी दुई भाषा लोकप्रिय छन्। त्यहाँको आदिवासी भाषालाई औपनिवेशिक कालमै यी दुई भाषाले विस्थापित गरेका थिए। अहिले पनि आदिवासीको भाषा मुख्य भाषा बन्न सकेको छैन।

गहुँगोरो र अश्वेत दुवै थरीको उत्तिकै उपस्थिति छ। पाश्चात्य संगीतको प्रभाव रहको दक्षिण अमेरिकी संस्कृति पूर्वेलीकै नजरमा छाडा लाग्ने खालको हुनसक्छ। त्यस समाजमा विकृति पनि नभएका होइनन्। लागु औषधको मारमा परेको दक्षिण अमेरिकीको तितो यथार्थ त चर्चित चलचित्र ‘काइट रनर’ हेर्दा पनि थाहा हुन्छ। पाब्लो इस्कोबारको मृत्युको कथा त इतिहास पढ्नेले सम्झने छन्।

त्यसै दक्षिण अमेरिकामा २० औं शताब्दीको सुरुवातदेखि नै फुटबल खेलले जबरजस्ती प्रवेश पाएको थियो। सानो महादेश दक्षिण अमेरिकाका हरेक देशमा फुटबल खेल एउटा संस्कृति नै बनेको थियो।

ब्राजिल र अर्जेन्टिना दुई सदाबहार महाशक्तिको उदय यसै देशमा भएको थियो। पेले र डिएगो म्यारोडोनाको रूपमा दुई होनहार फुटबल व्यक्तित्व यसै स्थानमा उदाए। दुई पटकको विश्व विजेता उरुग्वे अहिले शक्ति राष्ट्र नहोला तथापि इतिहासमा कुनै दिन फुटबलमा उरुग्वे युग पनि थियो भन्ने धेरैलाई ज्ञात छ।

पानीको भण्डार, घना जङ्गल र अमेजन नदी, दक्षिण अमेरिकी जीवनका पर्याय नै हुन्। मानव सभ्यताको उत्पत्ति र विकाससँगै भएका परिवर्तनले दक्षिण अमेरिकालाई पनि छाडेन। इतिहासको कुनै कालखण्डमा स्पेन र पोर्चुगलको उपनिवेश भएका यी देशमा अझै यी दुई भाषा लोकप्रिय छन्।

यसै दक्षिण अमेरिकाको एउटा देश ब्राजिल, जहाँ फुटबल संस्कृति होइन जीवन हो। जहाँ विश्वकपको समयमा हरेकले फुटबल हेर्दैनन्। टिभी अगाडि बस्दा समूहमा बल राखेर बस्ने गरिन्छ। पाकाले आफू त्यस मैदानमा भएको अनुभूत गर्छन्। बालकले त्यही मैदानमा पुग्ने सपना त्यही बाट देख्न सुरु गर्छन्। सन् १९५८ देखि १९७० सम्म पेले युगको रूपमा रहेको ब्राजिली टोलीका गरिन्चा र भाभा जस्ता खेलाडी नभएका होइनन्। तथापि यी सबै पेलेको छायामा परेका थिए।

८० को दशकमा जीको र सोक्रेटसका कारण ‘ड्रिम मिडफिल्ड’ मात्र होइन संसारको लोभलाग्दो फुटबल टोली ब्राजिलले पाएको थियो। कहिले पाउलो रोजीको डरलाग्दो फर्म त कहिले मिचेल प्लाटीनीको जादुका सामु निरीह हुँदै ब्राजिलको त्यो उत्कृष्ट टोली विश्वकपमा असफल भएको थियो।

रोमारियो र बेबेटो युगमा एक पटक उपाधि जितेको ब्राजिलले रोनाल्डो, रिभाल्डो र रोनाल्डीन्हो छाएको सन् २००२ को विश्वकप जितेको थियो। त्यसपछि दुई दशक ब्राजिलको विश्वकप यात्रामा खडेरी लागेको छ। विश्वकप २०२२ को ब्राजिल अन्तिम १६ मा पुगेको छ। त्यस भन्दा अगाडिको यात्रा कस्तो रहने भन्नका लागि त प्रतीक्षा गर्नुको विकल्प पनि छैन।

सन् १९५८ देखि १९७० सम्म पेले युगको रूपमा रहेको ब्राजिली टोलीका गरिन्चा र भाभा जस्ता खेलाडी नभएका होइनन्। तथापि यी सबै पेलेको छायामा परेका थिए।

यसै विश्वकपमा पनि केही स्टार खेलाडीको चर्चा भएको छ। पहिलो खेलमा रिचार्लिसनको सानदार गोलको चर्चा भएको थियो। ब्राजिलले स्वीट्जरल्यान्डसँग दोस्रो खेल खेलेको थियो। अनुमान विपरीत त्यो खेल बराबरीतर्फ उन्मुख भएको थियो। सो खेलमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासिमोरो नयाँ रूपमा प्रस्तुत भएका थिए।

खेल सकिन सात मिनेट बाँकी रहँदा कासिमोरोले साँघुरो कोणबाट गरेको गोलले धेरैलाई आश्चर्यमा पारेको थियो। त्यस गोलले ब्राजिलीयन फुटबलका लिजेन्ड रोनाल्डो, रोनाल्डीन्हो, रोबर्टो कार्लोस र काफुलाई समेत आश्चर्यमा पारेको थियो। यी सबै सँगै बसेर फुटबल हेरि रहेका थिए। ‘मैले गोल गरे भन्दा पनि सिंटो टोली अगाडि बढेको छ भन्ने कुरा महत्त्वपूर्ण हो’, म्यान अफ द म्याचसमेत घोषित कासिमोरोले भनेका छन्। यदि हामीले जित्यौ भनेसँगै जित्ने हो। हारे पनि सँगै हार्ने हो। यस कारण मेरो सोच्ने शैलीमा कुनै परिवर्तन हुने छैन। यो ब्राजिल राष्ट्रिय टोलीको रूपमा एउटा समूह हो। समूहको रूपमा रहनुको कुनै विकल्प छैन’, उनले अगाडि भने।

खेल सुरु हुनु भन्दा अगाडि नै रङ्गशालाको वातावरण फेरिएको थियो। ब्राजिलियन रङ्गको जर्सीमा सबै रङ्गिएका थिए। स्टेडियम ९७४ मा एका तीर थोरै मात्रामा स्विस समर्थक थिए। एकातर्फ पहेलपुर थियो। सो खेलमा मैदानमा नउत्रिए पनि ‘नेइमार १०’ लेखिएका जर्सी नै धेरै लगाइएको थिए। ‘कासिमोरो ५’ लेखिएको जर्सी लगाइएको थिएन।

२० वर्ष अगाडि ब्राजिलले विश्वकप जित्दा पनि डिफेन्सिभ मिडफिल्डरको भूमिका रहेका गिल्बर्टो सिल्भाले सो स्थानलाई दर्शकले ध्यान नदिए पनि सतर्कता पूर्वक चनाखो भएर खेल्नु पर्ने र जिम्मेवारी पूर्ण भूमिका भएको बताएका छन्।

खेल सुरु हुनु भन्दा अगाडि नै रङ्गशालाको वातावरण फेरिएको थियो। ब्राजिलियन रङ्गको जर्सीमा सबै रङ्गिएका थिए। स्टेडियम ९७४ मा एका तीर थोरै मात्रामा स्विस समर्थक थिए। एकातर्फ पहेलपुर थियो। सो खेलमा मैदानमा नउत्रिए पनि ‘नेइमार १०’ लेखिएका जर्सी नै धेरै लगाइएको थिए।

उनले धेरैले याद नगरिने गरी कासिमोरोको कारण अग्र भागका खेलाडी निर्धक्कसँग खेल्न सकेको प्रतिक्रिया दिएका छन्। समयसँगै उनले आफ्नो मुख्य जिम्मेवारी भन्दा फरक भूमिका पनि निर्वाह गरे। खेल सकिएपछि म्यानचेस्टर युनाइटेडका ती स्टारले टोलीका अन्य खेलाडीसँगै खुसीयाली मनाएका थिए।

नेइमारले ट्विट गर्दै कासिमोरो संसारकै उत्कृष्ट मिडफिल्डर भएको प्रतिक्रिया दिएका छन्। ब्राजिलियन टोलीका सहायक प्रशिक्षक सेजर सम्पाइयो कासिमोरोले रक्षक र फरवार्डको बीचमा राम्रो पुलको काम गरेको बताएका छन्।

उनले पनि टोलीको संरचना नै आवकश्य परेको समयमा धेरै खेलाडीले पोस्टमा प्रहार गर्न सकुन् भन्ने नै हो। त्यसै जिम्मेवारीलाई कासिमोरोले पुरा गरेको सम्पाइयो बताउँछन्।

९ सिजन रियल म्याड्रिडमा बिताएपछि कासिमोरो यसै वर्ष म्यानचेस्टर युनाइटेडमा पुगेका हुन्। उनले यस अगाडि ५ पटा च्याम्पियन्स लिग, ला लिग र सन् २०१९ मा कोपा अमेरिका कप जिती सकेका छन्। तर, संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार भने जित्न बाँकी नै छ।

चार वर्ष अगाडि ब्राजिल बेल्जियमसँग पराजित हुँदै क्वार्टर फाइनलबाट बाहिरिएको थियो। सो खेलमा कासिमोरोलाई छाड्दै फर्डीनान्डलाई प्राथमिकता दिइएको थियो। कासिमोरोको विचारमा यो टोली उपाधिका लागि हकदार छ। टोलीमा धेरै विकल्प भएका कारण सही समयमा सही छनोट भए यो टोली उत्कृष्ट भएको उनको मत छ।

ब्राजिलका प्रशिक्षक टिटे पनि कासिमोरो संसारकै उत्कृष्ट मिडफिल्डर भएकोमा सहमत छन्। टिटेले नेइमारको अनुपस्थितिमा टोलीमा धक्का लागे पनि अन्य युवाले पनि आफूलाई पुष्टि गर्ने मौका पाएको प्रतिक्रिया दिएका छन्।
ब्राजिलका रक्षक मार्किन्योसले पनि नेइमारको अनुपस्थितिमा रक्षक नै आक्रमणमा सघाउन सक्षम भएको प्रतिक्रिया पनि दिएका छन्।

९ सिजन रियल म्याड्रिडमा बिताएपछि कासिमोरो यसै वर्ष म्यानचेस्टर युनाइटेडमा पुगेका हुन्। उनले यस अगाडि ५ पटा च्याम्पियन्स लिग, ला लिग र सन् २०१९ मा कोपा अमेरिका कप जिती सकेका छन्।

संसारमा अहिलेको उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर को हो भन्ने बहस धेरै लामो हुन सक्छ। धेरै पण्डितले फरक मत राख्न सक्छन्। धेरैले जर्मनीका जोसवाह वाल्टरलाई उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरको कोटीमा राख्ने गरेका छन्। उनलाई एटेकिङ मिडफिल्ड र डिफेन्सिभ मिडफिल्ड दुवै भूमिकामा उत्तिकै योग्य ठानिन्छ।

चेल्सीका लागि खेल्ने फ्रान्सका एंगोलो कान्टेलाई अर्का उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरको सूचीमा राख्ने गरिन्छ। उनी लिचेस्टर सिटीबाट चार वर्ष अगाडि चेल्सी पुगेका हुन्।

स्पेनका रोड्रीगो हर्नान्डेजलाई अर्का उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरको सूचीमा राख्ने गरिन्छ। सन् २०१९ मा उनले स्पेनिस ला लिग छाडेर प्रिमियरसिप क्लब म्यानचेस्टर सिटी पुगेका थिए। महत्त्वपूर्ण पासमा लागि उनी माहिर मानिन्छन्।

लिभरपुलका फाविन्हो त्यत्तिकै राम्रो डिफेन्सिभ मिडफिल्डरको कोटीमा छन्। संसारका दुई उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर मध्य ब्राजिलले अहिले कासिमोरोलाई अवसर दिएको हो। केही वर्ष अगाडि सावोपावलोबाट स्पेन छिरेका ३० वर्षीय यी खेलाडीकै जादुले एक खेलमा जित हात पारेको ब्राजिलका लागि चुनौती अझ आउँदै नै छन्। स्रोत: बीबीसी, स्पोर्ट्स ब्रिफ

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ३६ बजे

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट 

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग