टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा « Khabarhub

टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।

प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ। भुटान सहभागी नहुने भएको छ। प्रत्येक राष्ट्रबाट ५-५ पुरुष-महिला खेलाडी सहभागी हुने बताइएको छ।

पुरुष-महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ। पुरुष-महिलामा १६-१६ खेलाडी छनोट हुने छन्। नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन्।

महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्ने छन्। खेलाडीलाई मुख्य प्रशिक्षक सन्जिव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइ रहेका छन्।

शंकर गौतमले प्रतियोगिता निर्देशक, तेजेन्द्रसिंह महराले कम्पिटिसन म्यानेजर र आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाएका छन्।

प्रतियोगितालाई एनसेल एक्सजियटा लिमिटेड, नेपाली घर, ब्रोडलिंक, नेविकोलगायतका संस्था प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ४७ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ