ओलीको अन्योलता र छटपटी | Khabarhub Khabarhub

ओलीको अन्योलता र छटपटी

संघदेखि प्रदेश सरकारसम्मै पाँच वर्ष प्रतिपक्ष !


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यतिबेला दुई वटा छटपटी छन् । पहिलो उनको पार्टी भनेजसरी बहुमत ल्याउन नसकेर कम्तीमा पाँच वर्षका लागि प्रतिपक्ष बन्ने निश्चित छ । यदि बीचमा कुनै नयाँ खालको राजनीतिक घटनाक्रम विकास भएन भने ।

अर्को एमालेबाट फूटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने धुनमा छ । ओलीले समाजवादीले प्रत्यक्षमा चुनाव जित्नै सक्दैन भनेका बेला माधव नेपालको पार्टीले १० सिट ल्याएको छ ।

नेकपा समाजवादीले समानुपातिकमा पनि झण्डै २ लाख ८३ हजार भोट ल्याएको छ । अब झण्डै १५ हजार भोट ल्याएको खण्डमा ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समाजवादी राष्ट्रिय पार्टी बन्ने छ । यसका लागि माओवादी नेताहरु नै अघि सरेका छन् ।

माओवादीका युवा नेता हिमाल शर्माले बाँकी रहेका मतदानका ठाउँमा समानुपातिकमा नेकपा एकिकृत समाजवादीलाई नै भोट हालेर राष्ट्रिय पार्टी बनाउन आह्वान गरेका छन् । समाजवादी राष्ट्रिय पार्टी बन्दा उसले कम्तीमा पनि ३ सिट समानुपातिकमा पाउनेछ । यसले गठबन्धनको सरकार बनाउँदा देउवा र प्रचण्डलाई सहज हुनेछ ।

समाजवादी राष्ट्रिय पार्टी बन्दा देउवा, प्रचण्ड र माधव नेपाल खुशी हुनेछन् । तर यसले एमाले अध्यक्ष ओलीलाई ठूलो छटपटी भएको छ । किनकी चुनावअघि नै ओलीले माधव नेपालको पार्टी राष्ट्रिय पार्टी बन्नै नसक्ने दाबी गरेका थिए ।

प्रत्यक्षमा माओवादीले जम्मा ७ सिट जित्ने बताएका बेला ओलीको अनुमान विपरित १७ सिट जितेको छ । समाजवादीले पनि ओलीको अनुमानविपरित १० सिट जितेको छ । यो ओलीको अनुमान गरेभन्दा ठीक उल्टो हो ।

त्यसमा पनि दम्भका साथ प्रस्तुत हुने ओलीको व्यवहारले गर्दा यसपटक देउवा, प्रचण्ड र माधव नेपाल नराम्ररी चिढिएका छन् । आफ्नै पार्टीको खुम्चिदो साइजले गर्दा आत्तिएका ओली यतिबेला सरकारमा जाने सम्भावना छैन ।

कांग्रेस, माआवोवादी र समाजवादीको गठबन्धन कम्तीमा पाँच वर्ष टिक्ने पक्कापक्की जस्तै छ । यसले पाँच वर्ष संघ र प्रदेशमा समेत प्रतिपक्षीमा बस्नु परेपछि ओली आत्तिनु स्भाविक छ । तर त्यो भन्दा अगाडि विगतमा आफ्नै व्यवहारले गर्दा ओली झन् बढी अन्यौलतामा फसेका छन् ।

आफूले मात्रै रमाउने र सत्ता स्वार्थ पूर्ति गर्नुपर्ने स्वभावले गर्दा सहकार्य गर्न अरु दल ओलीसँग तयार छैनन् । त्यसमाथि एमालेबाट फूटेको माधव नेपालको पार्टी पनि राष्ट्रिय पार्टी बनेपछि ओलीको सुर झन् बढी गुमेको छ ।

यसले प्रतिपक्षमा बस्नु त एउटा पीडा ओलीको छँदैछ । अर्को पीडा भनेको ओली कम्तीमा पाँच वर्षको प्रतिपक्षी यात्रा कसरी तय गर्छन् ? त्यसमा पनि उनका महत्वपूर्ण सारथी ईश्वर पोखरेल, शंकर पोखरेल पराजित भएको बेलमा ओलीको पीडाको मीटर झन् बढ्ने निश्चित छ ।

ओलीले आफ्नै पार्टीको भविष्यवाणी गर्दा पनि एमालेले कम्तीमा १०० सिट ल्याउने सम्भावना छ भनिरेहका थिए । तर प्रत्यक्षमा ओलीको पार्टीले ५० सिट पनि कटाउन सकेको छैन । समानुपातिक गरेर कम्तीमा ७० सिट ल्याउने सम्भावना मात्रै छ । यसले ओलीलाई वाम गठबन्धन टुटाउँदा जति क्षति भएको छ, त्यसको क्षतिप्रर्ति अझै हुन बाँकी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : ०७ बजे

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन