सल्यानका तत्कालिन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारकाे मुद्दा « Khabarhub

सल्यानका तत्कालिन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारकाे मुद्दा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७/०७८ मा सडक निर्माणमा लागत अनुमान विपरित कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेको अख्तियारको भनाइ छ ।

पुन, शाही र बोहराले बदनियतपूर्वक भए गरेको काम लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानूनअनुसार सजायको मागदाबी गरिएको छ ।

साथै, सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी गराई कार्य सम्झौता विपरित भुक्तानी लिएको आरोपमा आरोपपत्र दायर गरेको छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ ७१ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : २९ बजे

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने