१४ ठेकेदार कम्पनी कालोसूचीमा « Khabarhub

१४ ठेकेदार कम्पनी कालोसूचीमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।

एक वर्षदेखि साढे दुई वर्षसम्म कालोसूचीमा राखेका ती कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार भारत–सप्तकोसी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको भने हाइग्रिवा–सिद्धि साई प्रकाश जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । बाँकी रहेका १२ वटा ठेकेरदार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरुमा हाइवे कन्स्ट्रक्सन प्रालि, विधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, पाँचखाल कन्स्ट्रक्सन प्रालि, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, एसएसके निर्माण सेवा प्रालि, सुर्मादेवी कन्स्ट्रक्सन, नीलगिरि निर्माण सेवा प्रालि र नेसनल डेभलोपमेन्ट प्रालि र क्यानोन कन्स्ट्रक्सन प्रालि रहेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : ३३ बजे

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने