अवैध लागूऔषधसहित एक जना पक्राउ, अर्का एक फरार « Khabarhub

अवैध लागूऔषधसहित एक जना पक्राउ, अर्का एक फरार


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका–१५ ठेगाना भएक ३० वर्षीय प्रदिपकुमार चौधरीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई मंगलबार पक्राउ गरेको हो । उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुर, मनहरी गाउँपालिका–६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा ७९ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : २४ बजे

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी