अवैध लागूऔषधसहित एक जना पक्राउ, अर्का एक फरार « Khabarhub

अवैध लागूऔषधसहित एक जना पक्राउ, अर्का एक फरार


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका–१५ ठेगाना भएक ३० वर्षीय प्रदिपकुमार चौधरीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई मंगलबार पक्राउ गरेको हो । उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुर, मनहरी गाउँपालिका–६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा ७९ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : २४ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान