अब मात्र चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी « Khabarhub

अब मात्र चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।

जसमध्ये सुनसरी ४ को मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले दुबै क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेसँगै आजैदेखि मतगणना हुने भएको हो । त्यसका लागि अहिले बाजुरा र स्याङ्जा २ मा सर्वदलीय बैठक बसिरहेको र मतगणना सुरु हुने सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोलखामा भने बिहीबार पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

निर्वाचन भई मतगणना गर्दा कम्तीमा पाँच दिन दिन लाग्ने भएकाले निर्वाचन आयोगले तोकेको समयभित्र प्रतिनिधिसभातर्फको अन्तिम नतिजा सार्वजनिक हुन ढिलाइ हुने भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : ४९ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार