पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो « Khabarhub

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए। गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताए।

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो ।

गत वर्षभन्दा धान उत्पादन बढ्दा कृषक पनि खुसी भएका छन् । कावासोती–१३ का कृषक चेतनारायण चौधरीले धानबालीलाई चाहिने समयमा आवश्यक वर्षा हुँदा उत्पादन बढेको बताए । ‘जेठदेखि नै वर्षा भएका कारण समयमा धान रोप्न पाइयो, रासायनिक मल समयमै पाउन सकेको भए अझै वृद्धि हुन्थ्यो’, चौधरीले भने। युरिया मल अभावले उत्पादन अपेक्षितरूपमा अझै बढ्न नसकेको उनको भनाइ छ ।

धानको उत्पादन बढे पनि किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

कावासोती–१२ का कृषक मणिलाल चापागाईंले दुई बिघा जमिनमा धानखेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । सरकारले सावित्री धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ७६ तोके पनि प्रतिक्विन्टल दुई हजार सात सयमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा धान भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चापागाईंले बताए । उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको चापागाईंले गुनासो गरे।

पूर्वी नवलपरासीमा सावित्री, रामधान, सावा मनसुली र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ । धान पूर्वी नवलपरासीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : २५ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी