पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो | Khabarhub Khabarhub

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए। गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताए।

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो ।

गत वर्षभन्दा धान उत्पादन बढ्दा कृषक पनि खुसी भएका छन् । कावासोती–१३ का कृषक चेतनारायण चौधरीले धानबालीलाई चाहिने समयमा आवश्यक वर्षा हुँदा उत्पादन बढेको बताए । ‘जेठदेखि नै वर्षा भएका कारण समयमा धान रोप्न पाइयो, रासायनिक मल समयमै पाउन सकेको भए अझै वृद्धि हुन्थ्यो’, चौधरीले भने। युरिया मल अभावले उत्पादन अपेक्षितरूपमा अझै बढ्न नसकेको उनको भनाइ छ ।

धानको उत्पादन बढे पनि किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

कावासोती–१२ का कृषक मणिलाल चापागाईंले दुई बिघा जमिनमा धानखेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । सरकारले सावित्री धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ७६ तोके पनि प्रतिक्विन्टल दुई हजार सात सयमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा धान भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चापागाईंले बताए । उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको चापागाईंले गुनासो गरे।

पूर्वी नवलपरासीमा सावित्री, रामधान, सावा मनसुली र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ । धान पूर्वी नवलपरासीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : २५ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर