बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै | Khabarhub Khabarhub

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए ३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

“इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन, केहीबेरपछि जहाज बैंकक उड्ने तयारीमा छ”, प्रवक्ता खड्काले भने । जहाजमा एक सय ५२ यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ४६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका