मधेसकै पहिलो बालविवाह मुक्त नगरपालिका बन्यो सुरुङ्गा | Khabarhub Khabarhub

मधेसकै पहिलो बालविवाह मुक्त नगरपालिका बन्यो सुरुङ्गा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो वालविवाह मुक्त नगरपालिका घोषना गरेको छ । सप्तरी क्षेत्र ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले बुधबार एक कार्यक्रमबीच बालविवाह मुक्त नगरपालिका घोषणा गरेको हो ।

सवल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा वालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख चौधरीले यश नगरपालिका वालविवाहको घट्दोक्रम रहेको बताईन् । उनले यश नगरपालिका स्थानीयको चौतर्फी बिकासले फड्को मारेको बताईन् ।

बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिएका छन् ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा बालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख चौधरीले यश नगरपालिका बालविवाहको घट्दोक्रम रहेको बताइन् । उनले यश नगरपालिका स्थानीयको चौतर्फी विकासले फड्को मारेको बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ०४ बजे

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।