जाडोमा रगत बग्ने नशा साँघुरिदा हृदयघात हुन्छ « Khabarhub

जाडोमा रगत बग्ने नशा साँघुरिदा हृदयघात हुन्छ

‘महिलामा भन्दा पुरुषमा हार्टअट्याकको सम्भावना धेरै’



काठमाडौं – सामान्यतया हार्ट अट्याक र प्यानिक अट्याकको सुरुवाती लक्षण उस्तै हुन्छन् । सहरी जीवनशैली, अस्वस्थ खानेकुरा, धुम्रपान तथा मदिराको सेवन र शारीरिक व्यायामको कमी लगायतका कारण धेरै मानिसले मुटुसम्बन्धी समस्या झेलिरहेको पाइन्छ जसका कारण पनि यो रोग लाग्नसक्छ । मुटु रोगलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । तीव्र प्रतिस्पर्धा, नकारात्मक सोच, मानिसको बढ्दो आकाङ्क्षालगायतका कारण गलत समयमा स्ट्रेसहर्मोन (तनाव वा सङ्कटपूर्ण अवस्थामा दिमागमा उत्पादन हुने रसायन) श्रृजना हुँदा प्यानिक अट्याक भएर मानिसले मुटुको ढुकढुकी बढेको, छाती दुखेको वा भारी भएको तथा सास फेर्न गाह्रो भएको लगायतको समस्या महसुस हुन थाल्छ । यसै विषयमा आधारित भएर मुटु शल्य चिकित्सक डा. विजय राजवंशीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

चिसो बढेसँगै हार्ट अट्याकको समस्या बढ्ने हो ?
जाडो हुँदा रगतको नशाहरू साँघुरिएर जाने र ब्लड प्रेसर बढेर जाने हुन्छ । त्यसैले चिसो बढेसँगै हार्ट अट्याकको समस्या बढ्ने केही हदसम्म सत्य हुन सक्छ । हृदयाघातको धेरै कारणहरू हुन्छन् । हामीले भन्दा मडिफायवल र नन् मडिफायवल भन्छौँ । नन् मडिफायवल भनेको उमेर बढ्दै जाने हुन्छ । पुरुषमा धेरै हुन्छ । कतिपय वंशाणुगत रोगहरूको कारणले पनि मुटुमा हृदयाघात हुन सक्छ । हर्मनको कारणले महिलामा भन्दा पुरुषमा धेरै हुने हो त्यसैले महिलामा पुरुषमा भन्दा रिस्क कम हुन्छ । मडिफायवलमा औषधिबाट रोकथाम गर्न सकिने रोगहरू जस्तो उच्च रक्तचाप, डायबिटिज, रगतमा कोलेस्ट्रोलको मात्र, अल्कोहलको अत्यधिक सेवन गर्नाले हुन सक्छ ।

पछिल्लो समय हृदयाघात युवा पुस्तामा बढ्नुको कारण के हो ?
धेरै कारण छन् । अहिले धेरै मानिसले चाँडो डायग्नोसिस् गरेका छन् । उच्च रक्तचापको कारणले ४० प्रतिशत मानिसमा हृदयाघात भएको छ, डायबिटिज, अहिलेको जीवनशैली जस्तो धूम्रपान, अल्कोहल सेवन, नियमित व्यायाम नगर्दा, खानपानमा ध्यान नदिँदा यो समस्या बढेको छ ।

आफूलाई हृदयाघात हुँदै छ भनेर थाहा पाउन सकिँदैन ?
यसको लक्षण हुन्छ जुन आफूलाई छातीको बिच भागमा दुख्ने, श्वास फुल्ने,कहिले मुटुको चाल थाहा हुने हुन्छ । यस्तो भयो भने घरमा नबस्ने अस्पताल गइहाल्नु पर्दछ । यसको घरमा बसेर उपचार गर्न सकिँदैन । कतिपय अवस्थामा अस्पताल जान समय नभए ४० वर्ष कटेपछि डाक्टरलाई भेटेर जाँच गर्न सकिन्छ । जसले गर्दा पछि गम्भीर समस्या हुँदैन । जीवन शैलीलाई विशेष ध्यान दिनु पर्दछ जस्तो हप्तामा १२० मिनेट व्यायाम गर्नु आवश्यक छ ।

कस्तो खाना खाँदा मुटु स्वस्थ हुन्छ ?
मुटुको रोग धेरै प्रकारको हुन्छ । यो हृदयाघातको सन्दर्भमा खानपानमा चिल्लो माछा मासु कम खाने,सागपात खाने, फलफूलहरू खाने गर्नुपर्छ ।

एक पटक हृदयाघात भएर निको भए पछि दोहोरिने सम्भावना कति हुन्छ ?
दोहोरिन सक्छ । त्यसको लागि मुटुको रगत नलीमा ब्लकेज आएर मुटुको उपचार, अप्रेसन गर्छौ र जीवन भर औषधि खानु पर्दछ । अब सबै सकियो भनेर ढुक्क हुने हुँदैन ।

हृदयाघात भएर अस्पताल आए पछि कसरी गरिन्छ उपचार ?
धेरै जस्तो इमर्जेन्सिमा आउनु हुन्छ । मुटुको चाल, इसिजी, सिटी स्क्यान, डाइग्नोसिस पनि गर्छौ । रगत नलीको हात वा खुट्टाबाट तार छिराएर ब्लकेट भएको छ कि छैन भनेर हेर्छौँ ।

यो समस्या वंशाणुगत रूपमा जाने हो ?
हो, परिवारमा कसैलाई हृदयाघात छ भने एक पटक मुटुको जाँच गराउनु पर्दछ । अरू सबैले पनि ४० वर्ष कटेपछि डायबिटिज, उच्च रक्तचाप, लगायतका रोग जाँच गर्ने, मदिरा धूम्रपान सेवन गरेको छ भने शरीरमा समस्या भएको नभएको जाँच गर्ने । जीवनशैली महत्त्वपूर्ण कुरा हो, खानपानमा विशेष ध्यान दिने, शारीरिक व्यायाम गर्दा यस्तो समस्याबाट बच्न सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : १४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्