जाडोमा रगत बग्ने नशा साँघुरिदा हृदयघात हुन्छ | Khabarhub Khabarhub

जाडोमा रगत बग्ने नशा साँघुरिदा हृदयघात हुन्छ

‘महिलामा भन्दा पुरुषमा हार्टअट्याकको सम्भावना धेरै’



काठमाडौं – सामान्यतया हार्ट अट्याक र प्यानिक अट्याकको सुरुवाती लक्षण उस्तै हुन्छन् । सहरी जीवनशैली, अस्वस्थ खानेकुरा, धुम्रपान तथा मदिराको सेवन र शारीरिक व्यायामको कमी लगायतका कारण धेरै मानिसले मुटुसम्बन्धी समस्या झेलिरहेको पाइन्छ जसका कारण पनि यो रोग लाग्नसक्छ । मुटु रोगलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । तीव्र प्रतिस्पर्धा, नकारात्मक सोच, मानिसको बढ्दो आकाङ्क्षालगायतका कारण गलत समयमा स्ट्रेसहर्मोन (तनाव वा सङ्कटपूर्ण अवस्थामा दिमागमा उत्पादन हुने रसायन) श्रृजना हुँदा प्यानिक अट्याक भएर मानिसले मुटुको ढुकढुकी बढेको, छाती दुखेको वा भारी भएको तथा सास फेर्न गाह्रो भएको लगायतको समस्या महसुस हुन थाल्छ । यसै विषयमा आधारित भएर मुटु शल्य चिकित्सक डा. विजय राजवंशीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

चिसो बढेसँगै हार्ट अट्याकको समस्या बढ्ने हो ?
जाडो हुँदा रगतको नशाहरू साँघुरिएर जाने र ब्लड प्रेसर बढेर जाने हुन्छ । त्यसैले चिसो बढेसँगै हार्ट अट्याकको समस्या बढ्ने केही हदसम्म सत्य हुन सक्छ । हृदयाघातको धेरै कारणहरू हुन्छन् । हामीले भन्दा मडिफायवल र नन् मडिफायवल भन्छौँ । नन् मडिफायवल भनेको उमेर बढ्दै जाने हुन्छ । पुरुषमा धेरै हुन्छ । कतिपय वंशाणुगत रोगहरूको कारणले पनि मुटुमा हृदयाघात हुन सक्छ । हर्मनको कारणले महिलामा भन्दा पुरुषमा धेरै हुने हो त्यसैले महिलामा पुरुषमा भन्दा रिस्क कम हुन्छ । मडिफायवलमा औषधिबाट रोकथाम गर्न सकिने रोगहरू जस्तो उच्च रक्तचाप, डायबिटिज, रगतमा कोलेस्ट्रोलको मात्र, अल्कोहलको अत्यधिक सेवन गर्नाले हुन सक्छ ।

पछिल्लो समय हृदयाघात युवा पुस्तामा बढ्नुको कारण के हो ?
धेरै कारण छन् । अहिले धेरै मानिसले चाँडो डायग्नोसिस् गरेका छन् । उच्च रक्तचापको कारणले ४० प्रतिशत मानिसमा हृदयाघात भएको छ, डायबिटिज, अहिलेको जीवनशैली जस्तो धूम्रपान, अल्कोहल सेवन, नियमित व्यायाम नगर्दा, खानपानमा ध्यान नदिँदा यो समस्या बढेको छ ।

आफूलाई हृदयाघात हुँदै छ भनेर थाहा पाउन सकिँदैन ?
यसको लक्षण हुन्छ जुन आफूलाई छातीको बिच भागमा दुख्ने, श्वास फुल्ने,कहिले मुटुको चाल थाहा हुने हुन्छ । यस्तो भयो भने घरमा नबस्ने अस्पताल गइहाल्नु पर्दछ । यसको घरमा बसेर उपचार गर्न सकिँदैन । कतिपय अवस्थामा अस्पताल जान समय नभए ४० वर्ष कटेपछि डाक्टरलाई भेटेर जाँच गर्न सकिन्छ । जसले गर्दा पछि गम्भीर समस्या हुँदैन । जीवन शैलीलाई विशेष ध्यान दिनु पर्दछ जस्तो हप्तामा १२० मिनेट व्यायाम गर्नु आवश्यक छ ।

कस्तो खाना खाँदा मुटु स्वस्थ हुन्छ ?
मुटुको रोग धेरै प्रकारको हुन्छ । यो हृदयाघातको सन्दर्भमा खानपानमा चिल्लो माछा मासु कम खाने,सागपात खाने, फलफूलहरू खाने गर्नुपर्छ ।

एक पटक हृदयाघात भएर निको भए पछि दोहोरिने सम्भावना कति हुन्छ ?
दोहोरिन सक्छ । त्यसको लागि मुटुको रगत नलीमा ब्लकेज आएर मुटुको उपचार, अप्रेसन गर्छौ र जीवन भर औषधि खानु पर्दछ । अब सबै सकियो भनेर ढुक्क हुने हुँदैन ।

हृदयाघात भएर अस्पताल आए पछि कसरी गरिन्छ उपचार ?
धेरै जस्तो इमर्जेन्सिमा आउनु हुन्छ । मुटुको चाल, इसिजी, सिटी स्क्यान, डाइग्नोसिस पनि गर्छौ । रगत नलीको हात वा खुट्टाबाट तार छिराएर ब्लकेट भएको छ कि छैन भनेर हेर्छौँ ।

यो समस्या वंशाणुगत रूपमा जाने हो ?
हो, परिवारमा कसैलाई हृदयाघात छ भने एक पटक मुटुको जाँच गराउनु पर्दछ । अरू सबैले पनि ४० वर्ष कटेपछि डायबिटिज, उच्च रक्तचाप, लगायतका रोग जाँच गर्ने, मदिरा धूम्रपान सेवन गरेको छ भने शरीरमा समस्या भएको नभएको जाँच गर्ने । जीवनशैली महत्त्वपूर्ण कुरा हो, खानपानमा विशेष ध्यान दिने, शारीरिक व्यायाम गर्दा यस्तो समस्याबाट बच्न सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : १४ बजे

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि