यी हुन् जाडोमा सुन्तला खानुका फाइदाहरु | Khabarhub Khabarhub

यी हुन् जाडोमा सुन्तला खानुका फाइदाहरु


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तातो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ। सुन्तला भन्ने बित्तिकै धेरैको मुख रसाउँछ, अहिले सुन्तला खाने सिजन हो। घरपरिवार तथा साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ।

सुन्तला भिटामिन सि को भण्डार भएको फल हो। यसमा प्रशस्त मात्रामा पोषण तत्त्व पाइन्छन्। यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ।

युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँ कतै देखिन्छ। तर यसका औषधीय गुणहरु पनि छन्।

उच्च रक्तचाप नियन्त्रण गर्न
सुन्तला सेवन गर्दा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। सुन्तलामा हुने हेस्परिडिन भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ। त्यसैले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला निकै फाइदाजनक छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन
सुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ। भिटामिन सी प्रशस्त भएको सुन्तलाले तपाईँमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईँलाई रोगहरु लाग्नबाट बचाउँछ। चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ।

छालाको सुन्दरता बढाउँछ
सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईँको छालालाई सुन्दर बनाउँछ। त्यसैले तपाईँको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ।

मुटुलाई स्वस्थ राख्छ
सुन्तलामा हुने पोटासियमले तपाईँको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ।

क्यान्सरको जोखिम कम गर्छ
सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईँलाई क्यान्सर हुन दिँदैन। नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ।

आँखाको दृष्टिलाई बढाउँछ
सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ। त्यसैले आँखा स्वास्थ्यका लागि पनि नियमित सुन्तला खानुस्।

कब्जियतबाट बचाउँछ
सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिँदैन। त्यस्तै सुन्तलामा हुने रेसायुक्त पदार्थले तपाईको पाचन प्रणाली समेत राम्रो बनाउँछ।

सुन्तलाका बोक्राका फाइदा पनि धेरै
यदि तपाईँको कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो, स्ट्रेट बनाउनका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ। सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ। केही बेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ।

अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस्। नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हट्छ।

सुन्तलाको बोक्रामा छाला शुद्धीकरण गर्ने तत्त्व पाइन्छ। यसमा ढुसी प्रतिरोधक तथा जीवाणु प्रतिरोधक तत्त्व पनि पाइन्छ। सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुहोस्। त्यसो गर्दा शरीरको छाला चम्किलो तथा नरम बन्छ।

अनुहारमा बढी चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हट्छ। सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी हुन्छ। रगतमा उच्च कोलेस्टेरोलको समस्या भएकाहरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ।

उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ। साथै सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ। अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदाजनक हुन्छ।

निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : २५ बजे

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्