सरकारले मुलुकको समृद्धिका लागि द्रुत काम गर्ने विश्वास छ : उपराष्ट्रपति पुन « Khabarhub

सरकारले मुलुकको समृद्धिका लागि द्रुत काम गर्ने विश्वास छ : उपराष्ट्रपति पुन

तमु ल्होसारको शुभकामना


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सातै प्रदेशमा संविधानबमोजिम छिट्टै सरकार बन्नेमा पूर्ण विश्वससमेत रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले तमु ल्होसारले नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो, यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ, विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन्, हामीमा विविधताबीचको एकता छ, यो नै हामी नेपालीको साझा पहिचान हो”, उपराष्ट्र पुनले भनेका छन् । ।

“तमु (गुरुङ) समुदायको सांस्कृतिक चाड तमुल्होसार २०७९ का अवसरमा तमु दिदीबहिनी, दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : २९ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन