सद्भाव र एकताको पर्व ल्होसार : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

सद्भाव र एकताको पर्व ल्होसार : प्रधानमन्त्री प्रचण्ड


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा शुक्रबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताएका छन्।

उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिएका छन्। ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : ३७ बजे

भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण

काठमाडौं– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले भारतका लागि सन् २०३०

आज रास्वपाको दोस्रो स्थापना दिवस

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज असार ७ गते

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक

अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी सुरुवात

काठमाडौं– अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।  आजदेखि

पुराना दलले रास्वपालाई खतराका रूपमा लिए : डा. स्वर्णिम वाग्ले

देशकै पुरानो पार्टी नेपाली कांग्रेसमा रहँदै अर्थ विज्ञको परिचय बनाएका